गुल्मीको ग्वादी यादुङ बेशिका चौर जाने सडक १३ दिन पश्चात् सुचारू

21
SHARES
172
VIEWS

चुरामणि तिमिल्सिना
साउन -१४। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ ग्वादी-याडुङ बेसिकाचौर जानेसडक खण्ड १३ दिनपछी सुचारु भएको छ। रुरु एफएम तथा विभिन्न अनलाइनबाट समाचार प्रसारण तथा प्रकाशन भए पश्चात् सडक सुचारु गर्न गाउँपालिका अगाडि बढेको समाचारमा उल्लेख गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाको आर्थिक सहयोग , वडाका जनप्रतिनिधी ,रिडीका युवा सामाजिक अभियनताहरु तथा समाजसेवी, युवा क्लबको सक्रियतामा सडक सञ्चालन भएको स्थानिय पवन कुँवरले जानकारी दिनुभयो । श्रावण महिनाको सुरु भए संगै पुलक्याम्प नजिकै खसेको पहिरोले माथिल्ला ग्रामिण भेगलाई यातायात सञ्चालन अवरुद्ध हुदा असहज भएकोले ११ घण्टा लगाएर पहिरो हटाइएको छ। सडक सुचारु भए संगै स्थानियमा खुसी छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार