कालीगण्डकी करिडोरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

42
SHARES
348
VIEWS

साउन -१५
पाल्पा – आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको रामपुर नगरपालिका वडा नम्बर ५ आँपचौर स्थित कालीगण्डकी करिडोर सडक खण्डमा लु ४ त ६६०६ नम्बरको ट्याक्टर अनियंत्रित भइ सडकमा पल्टिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। दुर्घटनामा परि रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ का ट्याक्टर चालक २६ वर्षीय ज्ञान बहादुर रेश्मी मगर र सहचालक घिरिङ गाउँपालिका वडा नम्बर २ तनहुँका १८ वर्षीय सविन भुजेल घाइते भएका छन् । घाइते दुवै जनाको रामपुर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि तानसेन पठाइएको समेत जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ भने दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार