चुरामाणि तिमिल्सिना
साउन -१५। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीका प्रताप मगरलाई कोरिया तथा हाल बुटवलबाट सहयोग प्राप्त भएको छ। रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ निवासी हाल रोजगारीको सिलसिलामा कोरियामा रहनु हुने गणेश श्रेष्ठले रुरु धार्मिक सेवा सञ्चार प्रालिको अनलाईनमा समाचार प्रकाशन भए पश्चात् प्रतापलाई सन्चार प्रालिको खातामानै रु ५५ ०० पठाउनु भएको हो ।मगर कालीगण्डकी करिडोर नजिकै गत असार २० गते आँप टिप्ने क्रममा बुटा बाटखसेर हातखुट्टा तथा ढाडमा चोट्पटक लागेको थियो। तत्काललै वडा नम्बर १ का अध्यक्ष रामलाल बिक , स्वास्थ्य केन्द्रका डा. विकास पन्थी , स्वास्थ्य कार्यलयका कर्मचारीहरु तथा स्थानियको सहयोगमा रुरु फ्रेन्डस क्लबको एम्बुलेन्स मार्फत मिसन अस्पताल लगिएको थियो।
मिसन अस्पतालमा उनलाई निशुल्क उपचार गराउन रुरु प्राथमिक स्वास्थ्य केन्द्रका डा. विकास पन्थी तथा वडाको पहलमा सिफारिस गरिएको थियो। आज प्रतापकै निवासमा पुगेर रु ५५०० बराबरको चामल, तेल ,नुन ,चिनी चियापत्ती, चिउरा, भुजा ,मरमसला, साबुन ,आटा अन्य खाद्य सामग्री वडाका वडा अध्यक्ष रामलाल बिक , मानव कल्याण आश्रमका अध्यक्ष जीवन कुमार कसजु , बिद्या ज्योति बोर्डिङ स्कुलका प्रिन्सिपल आनन्द प्रधानले उहाँका परिवारलाई सामग्री हस्तान्तरण गर्नु भएको हो। प्रतापको परिवार सामान्य खालको भएकोले सहयोग प्रदान गरिएको हो।
Discussion about this post