रिब्दीकोट गाउँपालिकालाई ४,३७,९९२ बराबरको स्वास्थ्य सामग्री प्रदान

22
SHARES
181
VIEWS

चुरामणि तिमिल्सिना
साउन -१५। पाल्पाको रिब्दीकोट गाउँपालीकामा स्वास्थ्य सामग्री प्राप्त भएको छ । काेभिड १९ संक्रमणकाे राेकथाम ,नियन्त्रण तथा उपचारको लागि कारितास_नेपालका प्रतिनिधि रवि जि.सी. र सि_आर_एस का प्रतिनिधि असेल कटेलद्वारा रिब्दीकाेट गाउँपालिकालाई अम्बु व्याग ११वटा, ग्लाेब्स १४ बकस, गम बुट १५ जाेडि,सेनिटाईजर ५००एम.एल. ७२ वटा, फाेल्डिड वेड १५ वटा, नेबुलाईजर २० वटा,पल्स अक्सिमिटर १६ वटा, सर्जिकल माक्स १३ बकस हस्तान्तरण गरेको प्रतिनिधि रवि जोशीले जानकारी दिनुभयो। सामग्री बुझाउदै कारिदासका टिमले आफुहरुले धेरैको नभए पनि ४,३७,९९२।- बराबरको काेभिड नियन्त्रण स्वास्थ्य सामाग्री गाउँपालिकालाई बुझाएको बताउनुभयो ।

सामग्री वितरण कार्यक्रममा पालिकाका अध्यक्ष नारायण बहादुर जिसी, शिक्षा अधिकृत मणिप्रसाद खनाल, लेखा अधिकृत मन्जु पन्थी , अधिकृत रुकलाल भट्टराई , सुचना तथा प्रविधि अधिकृत, हेमेन्द्र कुँवर, स्वास्थ्य संयाेजक सुनिल अधिकारीको सहभागीता रहेको थियो। हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष जिसिले रिब्दीकाेट गाउँपालिका निरन्तर काेभिड नियन्त्रण कार्यमा लागि रहेकाे र प्राप्त स्वास्थ्य सामग्रीले कोरोना विरुद्धको थप लडाईमा ठूलो मद्दत पुग्ने बताउनुभयो। यस्तै कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुनिलअधिकारीले आफ्नो कार्यलयमा पाप्त भएका हरेक स्वास्थ्य सामग्री स्वास्थ्य शाखाद्वारा सहि ठाउँमा प्रयाेगमा ल्याउने प्रतिबद्धता साथै दाेस्राे लगाएत सम्भावित तेस्रो लहरकाे माहामारीमा काेभिड नियन्त्रण गर्ने ठुलो याेगदान पुर्याउने छ भन्दै सहयोगी संस्थालाई रिब्दीकाेट गाउँपालिकाकाे तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो । उक्त हस्तान्तरण कार्यक्रमकाे संचालन शिव बहादुर जिसीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार