चुरामणि तिमिल्सिना
साउन -१५
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतिमा पुर्ण अपांग तथा अति अशक्त भएकालाई आज वडामा एक कार्यक्रमका वीच १० जनालाई सहयोग सामग्री हस्तान्तरण गरिएको वडा सचिव बालाकृष्ण गौतमले जानकारी दिनुभयो। मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत उक्त सहयोग कार्यक्रम गरिएको हो । पालिकाका सामाजिक विकास समितिका समियोजक तथा वडाका अध्यक्ष शेष नारायण पौडेलको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा ह्विल चियर , शौचालय चियर , बैशाखि, कृत्रिम खुट्टाका मजा लगायतका सामग्री वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । पौडेलले विगतका बर्षमा रेडियो टर्चलाइट वितरण पनि गरिएको बताउनुभयो। वितरण समारोहमा वडाका जनप्रतिनिधी , अपांगका अभिभावक , तथा कार्यलयका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।कार्यक्रमको सन्चालन वडा सचीव बालाकृष्ण गौतमले गर्नुभएको थियो।
Discussion about this post