स्याङ्जामा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि

20
SHARES
166
VIEWS

साउन -१५
स्याङ्जामा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्लाको विभिन्न पालिका र नगरपालिकाका १४ जना महिला र १२ जना पुरुष गरि २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यलय स्याङ्जाको तथ्यांकअनुसार संक्रमितहरु मध्ये १९ जनाको जिल्लाको विभिन्न पालिका र नगरपालिकामा एन्टिजेन बिधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। आज थप २६ जना गरि जिल्लामा कोरोना संक्रमितको कुल सङ्ख्या ५१६४ जना पुगेको छ। जिल्लामा हाल ३६८ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार