सत्यवती गाउँपालिकाद्वारा माझीसमुदायलाई माछा मार्ने जाल वितरण

27
SHARES
225
VIEWS

चुरामणि तिमिल्सिना
साउन -१८। गुल्मीको सत्यवति गाउँपालिकाले बोटे माझी संस्कृति तथा सीप संरक्षणको लागि पहिलो अभियानमा वडा नम्बर १ अस्लेवा रुद्रबेणीका १० जना युवाहरुलाई मााछा मार्ने जाल वितरण गरेको हो । आइतबार वडा नम्बर १ को रुद्रबेणीमा एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रममा पालिकाका अध्यक्ष पारिस्वर ढकाल , उपाध्यक्ष सुवर्ण शेरचन शाही , प्रमुख प्रशासकिय अधिकृत झविस्वर रेग्मी ,पशुस्वास्थ शाखाका प्रमुख नारायण खनाल कार्यपालिका सदस्य मिना बिक समाजसेवि नारायण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पुर्खाले गर्दै आयको आफ्नो कला सीप सस्कृती संरक्षणमा बोटे माझि युवाहरुलाइ आफ्नो संस्कारलाई बचाउन पालिकाले सबै सहयोग गर्ने आवश्यक परेमा विभिन्न प्रकारका तालिमहरु पनि प्रदान गर्ने बताउनुका साथै युवाहरुले यस पेशाबाट आफ्नो परिवारलाई दैनिकि खर्च कटाएर बैंकमा समेत बचत रकम जम्मा गर्दै आएको बताउनुभयो। कार्यक्रममै अधिकृत रेग्मीले नदिमा करेन्ट लागेर माछा मार्ने प्रबृतीलाई अन्त्य गर्न र युवाहरुलाइ प्रोत्साहन गर्न सीप लाई बचाउन मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमबाट बजेट बिनियोजन गरिएको बताउनुभयो । कार्यक्रमको सन्चालन पशुशाखा प्रमुख नारायण खनालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार