गुल्मीको सत्यवती गाउँपालिका द्वाराकृषकलाई अनुदानमा कृषि सामग्री वितरण

33
SHARES
276
VIEWS

चुरामणि तिमिल्सिना
साउन -१८
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गाउँमा रहेको उन्नत पशुपालक तथा उत्पादन कृषक समुहलाई सामाग्री हस्तान्तरण तथा अनुदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष देवि प्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पारिस्वर ढकाल प्रमुख अतिथी रहनु भएको थियो। यस्तै कार्यक्रममा उपाध्यक्ष सुवर्ण शेरचन शाही, प्रमुख प्रशासकीय अधिकृत झविस्वर रेग्मी, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडा अध्यक्ष भिमलाल पाण्डे, पालिकाका पशुस्वास्थ शाखा प्रमुख नारायण खानालको विशिष्ट आतिथ्यता रहेको थियो। समाजसेवी इश्वरी प्रसाद पाण्डे , गौरब डेरि संचालक रबि पन्थ समेत अतिथी रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस गाउँपालिका दुध , मासु अण्डामा आत्म निर्भर भएको र अगामी दिनहरुमा पनि विभिन्न कुरामा घोषण अभियानहरु सन्चालन गर्न पालिका योजनाबद्द रुपमा निरन्तर अगाडी बढ्नुका साथै आर्थिक बर्ष ७७ ७८ मा ७० ओटा भैंसी र ४ रागाहरु पालिकामा भित्रिएको समेत बताउनुभयो । अध्यक्ष ढकालले कार्यक्रममै चिलिम भ्याट उद्घाटन , ४ जना पशुपालकहरुलाइ जनही ५० हजारकादरले अनुदान वितरण समेत गर्नु भयो । ५ महिनाको अवधिमा नै यश समुहले १५ लाख बराबरको दुध गौरव डेरिलाई नै बिक्री गरिसकेको र आगामी दिनमा पनि दुधको परिमाणलाई वृद्धि गर्न गुणस्तर दिन आफ्नो समूह खटिरहेको कार्यक्रमका अध्यक्ष देविप्रसाद पाण्डेले जानकारी दिनुभयो। कार्यक्रममा बक्ताहरुले दुधबाट विभिन्न प्रकारका मिठाइ , पनिर छुर्पी लगायत निर्माण गर्न आफुहरुलाई तालिम समेत दिन पालिकालाइ आग्रह गरेका हुन् । कार्यक्रमको सन्चालन महाशर्मा पाण्डेले गर्नु भएको थियोम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार