चुरामणि तिमिल्सिना
साउन -२०
गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकमा गरीवी निवारणका लागि लघुउद्यम विकासको ९० दिने तालिमको एक कार्यक्रम विच समापन गरिएको हो । नया उद्यमी र पुराना उद्यमी गरि १२० जनालाई सिलाइ बुनाइ , होमस्टे ,सन्चालन ,च्याउ खेती, बासबाट विभिन्न सामग्रीहरु निर्माण गर्ने ,अल्लोको प्रयोग गरि कपडा निर्माण गर्ने ,लगायतका तालिमहरु सञ्चान गरिएको गाउँ पालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी पारिस्वर ढकालले जानकारी दिनुभयो। कार्यक्रममा आफ्ना धाराणा राख्दै प्रमुख अतिथी अध्यक्ष ढकालले न्यून आय स्रोत भएका महिला तथा पुरुष हरुको जिवनस्तरलाई वृद्धि गर्न यी तालिमहरुले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले यहाँ उत्पादन भएका हरेक सामग्रीहरु पालिकाले अवका दिनहरुमा खरिद गरि कार्यलयको कोसेलि घरमा ल्याउने कार्यलयमा आउने विशिष्ट पाहुनाहरुलाई मायाको चिनोको रुपमा प्रदान गर्ने र उधोग सन्चाल गर्न इच्छा शक्ति भए पालिकाले सहयोग गर्ने समेत बताउनुभयो। कार्यक्रममा पालिकाकी उपाध्यक्ष सुवर्ण शेरचन शाही, प्रमुख प्रशासकिय अधिकृत झविस्वर रेग्मी , कार्यपालिका सदस्य नर्मा राना विशिष्ट अतिथी रहनु भएको थियो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथीहरुले तालिममा सिकेका कुराहरुलाई समाजमा बसेर व्यवहारमा उतार्न सकेमा तालिमको औचित्य हुने र आयार्जनमा समेत वृद्धि हुने जोड दिनुभयो। यस्तै कार्यक्रममा वडाका जन्प्रतिनिधिहरु प्रशिक्षाथि सहभागीहरु सामाजिक अभियनता हरुको सहभागीता रहेको थियो। समापन सत्रमा सम्पुर्ण अतिथिहरुलाइ तालिममा निर्माण गरेका विभिन्न सामाग्रीहरु उपाहारको रुपमा प्रदान गरिएको थियो। तालिमको सहजीकरण सयात्रा नेपाल पाल्पाले गरेको थियो। भनेअध्यक्षता वडा न३ का वडा अध्यक्ष रुक बहादुर रानाले गर्नु भएको थियो।
Discussion about this post