पाल्पामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमामा १७ वर्षीय किशोर पक्राउ

37
SHARES
309
VIEWS

साउन -२०

पाल्पामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमामा १७ वर्षीय किशोर पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका बस्ने १७ वर्षीय एक किशोर रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता रामेश्वर त्वातीले जानकारी दिनु भयो। आरोपित किशोरले आज बिहान १:३० बजेको समयमा सोही स्थान बस्ने घरमा सुतिरहेको अवस्थामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेका थिए। आरोपित किशोरलाई सर्देवा प्रहरी चौकीबाट खाटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार