गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते

22
SHARES
186
VIEWS

चुरामणि तिमिल्सिना

साउन-२०। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घाको सडकखण्ड अन्तर्गत नादेया खोला नजिकै मालवाहक डवल क्याप बोलेरो जीप दुर्घटना ग्रस्त भएको छ। शाहाघाटबाट लिम्घाको लागि छुटेको लु २ च १४६८ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । जिपमा सवार रहेका ५ जनानै घाइते भएका र घाइतेको ज्वाङ प्राथमिक उपचार केन्दमा उपचार भैइरहेको ज्वाङ ईलाका प्रहरी कार्यलय खैरेनिका प्रहरी नायव निरीक्षक लक्षमण बिकले जानकारी दिनुभयो।

घाइते हुनेमा जिप चालक गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर ४ बस्ने ३४ वर्षका शेर बहादुर श्रीष, सोही स्थानकी ६८ वर्षीया नैनाकला पौडेल, ६५ वर्षिया भद्रीकला ज्ञवालीको, सत्यवती गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ५० की दिल कुमारी पुन र वडा नम्बर ७ जुनिया बस्ने वर्ष ७४ को चन्द्र बहादुर विकको रहेका छन् । घाइते सवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। जिप सडकबाट १५ मिटर तल खसेको थियी। दुर्घटनामा परेको जिप आफै अनियंत्रित भएर दुर्घटनामा हुने पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार