अर्गली कुसेनीमा हनुमानको मुर्ती उद्घाटन

26
SHARES
220
VIEWS

चुरामणि तिमिल्सिना
साउन-२१
पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली कुसेनी गायत्री मन्दिरको जग्गामा निर्माण भएको रुरु गौसेवा आश्रम परिसरमा निर्माण भएको हनुमानको मुर्ती एक कार्यक्रमका साथ विधिवत् रुपमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष कमल राना प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी रानाले मुर्तिको अनावरण गरि कार्यक्रमको समुउद्घाटन गर्नु भएको थियो । निर्माणकर्ताको रुपमा रहनु भएका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नवराज मल्लले कार्यक्रममा प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो। यस्तै अतिथिहरुमा वडा सदस्यहरु बिष्णु रेग्मी , सीता ज्ञवाली गौसेवा आश्रमका सल्लाहकार पर्शुराम भट्टराई , दुर्गा दत्त रेग्मी कोषाध्यक्ष गुरुप्रसाद ज्ञवाली, बद्रेस्वर शिवालय पाल्पाका संरक्षक यादव गिरि लगायतको आथीत्यता रहेको थियो । तानसेन नगरपालिका वडा नम्बर १४ कमल पोखरीमा जन्मिएकी स्मृती राणा उहाँका पति नवराज मल्ल , आमा सत्य राणा, बुवा प्रताप राणा , दिदि मनिका, स्वेता शिङ शाहा, दाजु बिनय शाहा अमिबका काफ्ले दिदि सुसिला पहाडीको आर्थिक सहयोगबाट निर्माण कार्य सम्पन्न भएको हो। मुर्ती प्रतिस्थापन कार्यक्रममा १००८ हनुमान चालिसा पाठ पारायण समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता सेवा आश्रमका उपाध्यक्ष स्मृती राणाकोअध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचीव शंकर गिरिले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार