नेपालमा थप ३ हजार ९३८ जना कोरोना संक्रमित थपिए

24
SHARES
197
VIEWS

साउन २१

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८७० नमूना पिसिआर परीक्षण गर्दा ३ हजार ७ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ५३८ मा परीक्षण गर्दा ९३१ मा संक्रमण देखिएको छ।कुल १८ हजार ४०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप ३७ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६३ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार