साउन – २२
मिन थापा-स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कालीगण्डकी अस्पतालमा आज “स्वस्थ नागरिक समृद्ध गाउँपालिका हामी सबैको जिम्मेवारी, स्तपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने मूल नाराका साथ स्तनपान सप्ताह कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरु र स्वस्थ आमा समूहका सदस्यहरुको उपस्थित रहेको थियोे । विश्व स्तनपान सप्ताह अगष्ट १ देखि ७ सम्म मनाइदै आइएको छ ।
कार्यक्रम वडा नम्बर ७ का वडाध्यक्ष मुक्ति प्रसाद भट्टराइको प्रमुख अध्यक्षता तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
स्वस्थ नागरिकबिना पालिकाको समृद्वी सफल नहुने र स्वस्थ नागरिक नै समृद्व पालिकाको मुल आधारस्तम्भ रहेको हुँदा त्यसलाई मध्यनजर गर्दै पालिकाले कालीगण्डकी अस्पताल संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभएको थियोे ।
स्वास्थ्यमा संपूर्ण पालिकावासीको सरल , सहज र निशुल्क पहुँचलाई आत्मसाथ गर्दै पालिकाबासी नागरिकको स्वास्थ्य बीमाका लागि यहि आर्थिक वर्ष देखि गाउँपालिकाले संपूर्ण पालिकावासीको निशुल्क सामाजिक स्वास्थ्य बीमा कार्यक्रम गाउँसभाबाट पारित गरिएको अध्यक्ष थापाले बताएका थिए ।
पहिलो चरणमा एकल महिला र बिपन्न तथा दलित नेपाली नागरिकहरुको स्वास्थ्य बीमा गरिने र आउँदो मंसिर सम्ममा संपूर्ण पालिकावासीको सामाजिक स्वास्थ्य बीमा गर्नका लागि गाउँपालिकाले योजना तर्जुमा गरेको कालीगण्डकी अस्पताल प्रशासन बिभाग हेरिरहनुभएका युवराज थापाले जानकारी गराउनुभएको थियोे ।
स्तनपानको महत्व तथा उपयोगिता , आमा र बच्चाको बीचमा स्तनपानले पार्ने सकरात्मक प्रभावको बारेमा प्रष्ट पार्दै कार्यक्रममा SBA तालीम प्राप्त अनमी रोशनी थापा र सीता खासुले सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post