पाल्पाको ख्याहमा नवनिर्मित क्लिनिक भवनको उद्घाटन

18
SHARES
149
VIEWS

चुरामणि तिमिल्सिना
साउन -२२। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा सपौदिमा नवनिर्मित क्लिनिक भवनको गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नारायण बहादुर जिसीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो। वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु गैरे, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी पत्रकार राम प्रसाद न्यौपाने, नेकपा एमाले गाउँ कमिटि अध्यक्ष चिरञ्जीवी पोखरेल , समाजसेवी झविन्द्र प्रसाद पाण्डे विशिष्ट अतिथी रहनु भएको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधी सामाजिक अभियानता लगायतको सहभागीता रहेको थियो। उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष जिसीले पालिकाकामा शिक्षा स्वास्थ्य खानेपानि पुर्वाधार निर्माण एकल महिलाहरुलाई उत्पादनमुखी जस्ता कार्यक्रमहरुले फड्को मार्दै गएको ,अन्य गाउँपालिकाका कार्यक्रमहरु भन्दा भिन्न तरिकाले आफनो टिम अगाडी बढेको बताउनुभयो। उहाँले वडा नम्बर १ कोआर्थिक बर्ष ०७७/०७८ को विनियोजन बजेटबाट यो भवन निर्माण गरेको र यश कार्यलयबाट ख्याहाबासीलाई सुबिधा लिन जान समेत आग्रह गर्नु भयो। निर्माण कमिटीका अध्यक्ष पदम प्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजीकरण स्वास्थ्यका चौकीका कार्यलय प्रमुख हरि कुमालले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार