रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा बिरामीको चाप बढ्दो

23
SHARES
188
VIEWS

चुरामणि तिमिल्सिना
साउन -२९ . रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडी गुल्मीमा वर्षाको समय सुरु भएदेखी विरामीहरुको चाप बढिरहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. विकास पन्थीले जानकारी दिनुभयो। पाल्पाको अर्गली कुसेनी , रिब्दीकोटको जोगिथुम स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चन्डिभन्ज्याङ , वडा नम्बर २ लसर्घाबेशी , गुल्मीको रुरु गाउँपालिका , सत्यवती , कालीगण्डकी , छत्रकोट र अर्घाखाँचीका तल्ला भेगबाट बिरामीहरु आउँदा सेवा प्रबाह गर्न आफ्नो टिमलाई हम्मे-हम्मे परेको डा. पन्थीले बताउनुभयो।

एका तिर बिरामिको चाप, अर्को तिर कोरना आइसोलेसनमा सेवा प्रवाहा गरिरहदा जटिल प्रकारका बिरामीहरुलाई समेत प्राथमिकतामा राखेर ६ बजेसम्म ओपिडी सेवा सञ्चालन गरेर भएपनि सेवा दिइरहेको डा. पन्थीले बताउनुभयो ।

यो स्वास्थ्य चौकीमा दरबन्दीमा १ जना भए पनि करारमा ३ जना सम्म नियुक्ति गरि केही समय अगाडि सम्म सेवा गरिएको थियो । तर दुवै जना यहाँबाट गएपछि अहिले केही महिनादेखि आफु एक्लैले बिरामी हेर्न परेको डा. पन्थिले बताउनुभयो।

दैनिक १६० जनाको आसपासमा बिरामीहरुले यहाँबाट सेवा लिने गर्दछन। खासगरी टाइफाइट ज्वरो बाथ, सुगर प्रेसर ,प्रसुती सेवा लगायतका सेवा लिन बिरामीहरु आउने गरेको डा. पन्थीले बताउनुभयो। यसो त जिल्लामा पहिलो पटक डिजिटल प्रकारको एक्सेरे सेवा दिएकोले पनि बिरामीको संख्यामा वृद्धि भएको स्वास्थ्य केन्द व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १ का वडाअध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।

विकले डाकटरको संख्यालाई थप गर्न पालिकामा ध्यानाकर्षण पनि गराएको र पालिकाले पहल पनि गरिरहेको समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार