चुरामणि तिमिल्सिना
भदौ -५
रिडी रुद्रबेणी सडक खण्ड सुख्खा पहिरोको कारणले मध्याह्न १२.३० बजे देखि अबरुद्ध बनेको ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी सहयक निरीक्षक नम बहादुर रानाले जानकारी दिनुभयो। घाम लागिरहेको अवस्थामा अचानक रुपम्मा साघुरेमा ढुङ्गा माटो खस्ने क्रम रहेकाले भोलि मात्र बाटो खुलाइने प्रहरी हवलदार जगत खनालले बताउनुभयो। साघुरेमा माथिबाट निरन्तर पहिरो झरिरहेको हुनाले पैदल यात्रा समेत नगर्न प्रहरीले आग्रह गरेको छ
Discussion about this post