आइत, अशोज ३, २०७८
आइत, अशोज ३, २०७८

स्याङ्जामा गोरु काटेको आरोपमा ३ जना पक्राउ

भदौ -२१
स्याङ्जामा गोरु काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ८ ढापुफेदीका नैन सिंह गुरुङ , हुम प्रसाद गुरुङ र खेम गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पक्राउ परेका तिनै जनाको घरमा खानतलासी गर्दा जिउँदो गोरुको मासु काटेर खाने उदेश्यका साथ घरबाट मासु फेला परेको थियो। अरोपितका घरबाट मासु काट्न प्रयोग भएको दुई वटा चक्कु बरामद गरिएको छ। पक्राउ परेका तिनै जनालाई पशुपंछी कसुर मुद्दामा मुद्दा  दर्ता गरि थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार