असोज -४
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा पुरानो नाम अनुरुप भालेको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ। स्थानीय क्षेत्रमा उक्त स्थान भालेबासको नाममा परिचित रहेको छ। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि भन्दै उक्त स्थानमा करिब १ लाख लागतमामा भालेको प्रतिमा निर्माण गरिएको कालीगण्डकी गाउँपालिका वडा नम्बर -३ का वडा अध्यक्ष राम बहादुर आलेले जानकारी दिनु भयो । कालीगण्डकी गाउँपालिकाले पर्यटन प्रबर्द्धनका लागि निर्माण गरेको उक्त स्थानमा कम्पाउन्डिङ र तार जालीको काम बाकी रहेको कालीगण्डकी गाउँपालिकाका सब इन्जिनियर पूर्ण बहादुर राना मगरले जानकारी दिनु भयो। आकर्षक भालेको प्रतिमाको निर्माण नेपालकै प्रसिद्ध वास्तुकलाकार तथा मूर्तिकार हुकुम बरही मगरले गर्नु भएको हो। भालेको प्रतिमा निर्माण गरिएको स्थानबाट प्रेमको प्रतीक रानीमहल , बिर्घाफाट लगायतका अत्यन्तै सुन्दर दृश्यहरुकोको अवलोकन गर्न सकिने स्थानीय जिके पाण्डेले बताउनु भयो। डाँडामा अवस्थित भएकोले मौसम खुलेको समयमा चारैतिर देखिने भएकोले उक्त स्थानमा पर्यटकीय दृष्टिकोणले उच्च सम्भावना रहेको स्थानीय जिके पाण्डेय बताउनु भयो। भालेको प्रतिमा निर्माण गरिएको स्थानबाट केही दुरीमा नेपालकौ प्रसिद्ध मन्दिर समेत रहेको छ। मन्दिर दर्शन गर्न जो कोहीले पनि उक्त स्थानमा गएर मनोरम दृश्यको अवलोकन गर्ने अपेक्षा गरिएको छ। उक्त स्थानमा केही दिन अगाडि देखि फोटो खिच्न आउनेहरू पनि देखिएका छन् ।
Discussion about this post