असोज -१०
स्याङ्जामा गत वैशाख २१ गते देखि जारी गरिएको निषेधाज्ञा आजबाट हट्ने भएको छ। जिल्लामा कोभिड संक्रमणको दर न्यून हुँदै गएकोले जिल्ला कोभिड व्यवस्थापन समितको आजको बैठकले जिल्लाभर जारी गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यलय स्याङ्जाले जनाएको छ। जिल्लामा जन जीवन सामान्य बन्दै गए पनि कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा आइ नसकेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले स्याङ्जाबासीहरुलाई आग्रह गरेको छ। आज राती १२ बजे देखि स्याङ्जामा निषेधाज्ञा हटाइएको छ।
Discussion about this post