प्रथम आदर्श कपको दोश्रो दिन सम्म ५ वटा खेल सम्पन्न।

23
SHARES
192
VIEWS
    स्याङ्जा -असोज २६, आइतबारदेखि कालीगण्डकी गाउँपालिका ५ बाँस्टारी स्याङ्जामा चलिरहेको प्रथम आदर्श कप खुल्ला क्रीकेट प्रतियोगिताको दोश्रो दिन सम्ममा ५ खेल सम्पन्न भएका छन्। आदर्श युवा क्लब, बेल्टारी द्वारा आयोजित उक्त प्रतियोगिताको प्रथम खेलमा हर्मिचौर स्पोर्ट्स क्लब विजयी भएको थियो। झिर भञ्ज्याङ् स्पोर्ट्स क्लबले १२ ओभरमा दिएको ६४ रनको लक्ष्य १०.३ ओभरमा पूरा गरेको थियो।

    प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा भगवती युथ क्लबले आदर्श क्लब C लाई १४ रनले पराजित गरेको हो। त्यस्तै दोश्रो खेलमा समाज सुधार युथ क्लबले भगवती युथ क्लब माथी ०९ रनको जित निकाल्न सफल भएको छ।
    सोमबार नै सम्पन्न अर्को खेलमा रुपाकोट क्रीकेट क्लब, धनमुडा स्पोर्ट्स क्लब सँग ७० रनको भारी अन्तरले विजयी हुन सफल भएको थियो। उक्त खेलमा रुपाकोट क्रीकेट क्लबका विष्णु पाण्डेय म्यान अफ द म्याच हुनुभएको थियो। उहाँले एक्लै ३५ बलमा ६२ रनको योगदान दिनु भएको थियो।

    आजको अन्तिम म्याच बिर्घा क्रीकेट क्लब र मिर्मी मिक्स म्याच क्लब बिच सम्पन्न भएको छ। उक्त खेल मिर्मी मिक्स म्याक्स क्लबले बिर्घा स्पोर्ट्स क्लबलाई ६३ रनले हराउन सफल भएको छ। मिर्मीका अन्कित पाण्डेयले २७ बलमा ५२ रन दिएर टिमको सफलतालाई ठूलो योगदान दिनुभएको थियो। र उहाँ उक्त खेलको म्यान अफ द म्याच हुनुभएको थियो।
    १८ टिमको सहभागिता रहेको उक्त प्रतियोगिता थप ३ देखि ४ दिन चल्ने आयोजकको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार