भालेको प्रतिमा अवलोकन गर्न आउनेको संख्या बढ्दै

46
SHARES
382
VIEWS

स्याङ्जा,असोज ३०
स्याङ्जाको कालीगण्डकी गाउपालिका वडा नम्बर तीनमा रहको भालेको प्रतिमा अवलोकनका लागि आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । दशैंका लागि आफ्नो गृह जिल्ला फर्केका तथा टिका ग्रहणका लागि हिडेकाहरुले फोटो खिच्नकै लागि भएपनि भालेको प्रतिमा रोज्ने गरेको अवलोकनका लागि आउने मध्येका एक व्यक्तिले सुनाए ।
तर, उचित संरक्षणको अभावमा भालेमाथि चढ्ने तथा प्रतिका नजिक भिर भएका कारणल दुर्घटना हुने सम्भावना रहेको प्रतिमा अवलोकनका लागि आएका एक व्यक्तिले बताए । उक्त स्थानबाट स्याङ्जाको विर्घा फाँट ,पाल्पाको रानिमहल तथा गुल्मीको विभिन्न पर्यटकीय स्थल साथै हिमालको मनोरम दृश्य देखिने भएकाले पनि आन्तरीक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने देखिएको छ ।
उक्त प्रतिमाको गाउपालिकाले उचित संरक्षण र घेराबार गर्न सके पर्यटकहरुको संख्या अझ बढ्न सक्ने स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार