कार्तिक -४
पाल्पामा आत्महत्या गर्नेहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार हिजो बेलुका रामपुर नगरपालिका वडा नम्बर १ का टोपलाल पुलामीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । पुलामीले आफू सुत्ने कोठाको बलोमा प्लास्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका थिए। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post