चुरामणि तिमिल्सिना
गुल्मी ५-कार्तिक
नेपाल कम्युनिस्ट पाटी नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटि वडा न १ को प्रथम वडा अधिबेशन रिडी माध्यमिक बिध्यालय रिडी गुल्मीमा सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष नवराज बिकको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्थ रहनु भएको थियो। कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य तथा पालिका इन्चार्ज हिमाल श्रेष्ठ सचिवालय सदस्य तथा पालिकाका अध्यक्ष चक्रपाणि गौतम , जिल्ला कमिटीका सदस्य तथा गाउँ कमिटीका सचिब फर्सुराम ज्ञवाली, छिमेकि जिल्ला तानसेन नगर पालिका वडा न १४ का वडा कमिटी अध्यक्ष सोभाखर भट्टराई , अनेमसंघकि केन्द्रिय सदस्य तुल्सी देवि श्रेष्ठ ,विशिष्ट अतिथी रहनु भएको थियो। यस्तै अथिथीहरुमा प्रदेश कमिटिका सल्लाहकार सदस्यहरु , जिल्ला कमिटि, गाउँ कमिटि , वडा कमिटिका सल्लाहकार सदस्यहरु , यस्तै पाटी कमिटिका सदस्य हरु पाटी प्रेमिहरुको सहभागीता रहेको थियो। औपचारिक कार्यक्रममा वडा कमिटि कि उपाध्यक्ष लक्ष्मी ज्ञवालीको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिथी पन्थलेआगामी निर्वाचनमा स्थानिय तह देखि केन्द्र सम्म सबै वडा , पालिका, जिल्ला , प्रदेश तथा केन्द्र सम्म चुनाब जित्न कुनै दुई मत नभएको बताउदै सबै नेकपा एमालेका कार्यकर्ताहरुलाइ पाटिको नियम , कानुन र मर्यादा अनुसार काम गर्न आग्रह गर्नु भयो। कार्यक्रमको सन्चालन वडा कमिटीका सचिब चिरञ्जीवी ज्ञवालीले गर्नु भएको थियो।
Discussion about this post