काठमाडौं,कात्तिक ८
सोमबार बिहान नेपाल आईपुगेको एक लाख ६२० डोज फाइजर खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ ।
कोभ्याक्स सुविधा मार्फत अमेरिकी अनुदानमा नेपाल आइपुगेको उक्त खोपलाई माईनस ८० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गरिएको खोप आपुर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो ।
नेपालमा ल्याईएका अरु एक्ट्राजेनेका,जोनसोन एण्ड जोनसोन ,भेरोसेल र कोभिसिल्डको तुलनामा यसलाई कम तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले खोप केन्द्रमा पुर्याउनु अघि केन्द्रीय खोप भण्डारणमा राखिएको उहाँको भनाइ छ ।
यो खोप कार्यक्रम पनि केहि फरक हुने भएकाले जनशक्तिलाई तालिम प्रदान गरेर मात्र खोप कार्यक्रम सञ्चलन गरिने उहाँले बताउनुभयो ।
Discussion about this post