मातृभूमि पुस्तकालयद्वारा राहत बितरण

16
SHARES
135
VIEWS

कात्तिक ९, स्याङ्गजा,
मातृभूमि सामुदायिक पुस्तकालय बिर्घाले राहत वितरण गरेको छ । कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत शान्ति भोलिएन्टर एसोसिएसन, एसभीए जापान र रिड नेपालको सहयोगमा कालीगण्डकी गाउँपालिकाका ३३५ जना नागरिकलाई राहत सामग्री वितरण गरेको हो ।

पुस्तकालयले दैनिक ज्यालादारी विपन्न परिवारलाई चामल, दाल, सनफ्लावर तेलका साथमा मास्क तथा सेनिटाईजरको प्याकेज सहितको राहत सामग्रीका साथै स्थानीय कोभिड प्रभावित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा जेष्ठ नागरिकलाई हर्लिक्स, अण्डा, चनाका साथमा मास्क तथा सेनिटाईजर वितरण गरेको हो ।

गाउँपालिकाका ७ वटै वडामा पुस्तकालयका पदाधिकारी तथा कर्मचारीहरुले ३ दिन लगाएर राहत वितरण गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । ‘कोभिड १९ को महामारीले समाजमा पारेको असरप्रति पुस्तकालयले पनि आफ्नो दायित्व सम्झेर थोरधेर सहयोग पुगोस् भनि यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ‘दाताको सहयोग लक्षित वर्गमा सहि रुपमा पुगोस् भनि वडागत रूपमा तथ्यांक संकलन गरि वडा कार्यालयमै राहत वितरण कार्यक्रम गर्दा प्रभावकारी हुने भएकोले यस्तो व्यवस्था गरेका हौँ।’


शैक्षिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको मातृभूमि पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधिहरू सञ्चालन गर्नेमा वडाध्यक्षहरुले विश्वाश व्यक्त गरेका थिए ।
दैनिक ज्यालादारी मजदुर अति विपन्न ४० परिवारलाई खाद्यान्न लगायत स्वास्थ्य सामग्री, कोरोना संक्रमित ६० जनालाई पौष्टिक आहार, १०० जना एकल महिलालाई स्वास्थ्य सामग्री, ५५ जना अपाङ्गलाई स्वास्थ्य सामग्री तथा पौष्टिक आहार, ३० जना गर्भवती महिलालाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री, ५० जना आर्थिक अवस्था कमजोर भएका जेष्ठ नागरिकलाई पौष्टिक आहार तथा स्वास्थ्य सामग्री गरि कुल ३३५ जनालाई राहत उपलब्ध गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार