We Love People ग्रुपद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

116
SHARES
109
VIEWS

राजन भट्टराई,भदौ -२
We Love People समुहमा आवद्ध युवाहरु द्वारा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ५ मा पर्ने सेखाम रामडाँडामा सरसफाइ गरिएको छ। संस्थाले यस अघि नै समाजको लागि रचनात्मक काम हरु गर्दै आएको छ। दुखि, गरिब, अनाथ, असहाय हरुको लागि सहयोग गर्दै आएको यो संस्थाले समुहमा संगठित भएर लकडाउनको समयमा पनि ३/४ दर्जन विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरि सकेको संस्थाले जनाएको छ। यो लकडाउनको समय विभिन्न सामाजिक कार्यहरु गर्ने क्रममा आज सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो। उक्त सरसफाइ कार्यक्रमबाट सेखाममा अवस्थित रामडाँडालाई स्वच्छ र सफा राख्न टेवा पुग्ने अपेक्षा गरिएको छ। राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने युवा पुस्ता संगठित भएर यसै गरि अगाडि बढेको खण्डमा देशले मुहार फेर्न सक्ने देखिन्छ ।

Wlc मा आवद्ध युवा हरु सरसफाइ गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार