मिन थापा मगर
१० कार्तिक – कालीगण्डकी गाउँपालिकाको आयोजनामा कालीगण्डकी अस्पतालको सभाहलमा स्वास्थ्यकर्मीहरूका लागि बृहत पोषण प्याकेज क्षमता अभिवृद्वी तालिम हजार दिनकाे अामालाई पोषिलाे नाङ्लाे हस्तान्तरण सहित कार्यक्रमको उद्घघाटन शुभारम्भ भएको छ ।
तालिम २०७८/०७/०९ देखि १५ कार्तिकसम्म संचालन हुनेछ भने पालिकाका स्वास्थ्यकर्मीहरूका लागि तालिम दुई चरणमा सम्पन्न हुनेछ ।
हिजो शुरूवात भएको कार्यक्रममा रोग लागेर उपचारका लागि अस्पताल जानुभन्दा अगाडी स्वास्थ्यवर्द्वक , सन्तुलित र सुरक्षित पोषणयुक्त खानपानले अस्पतालसम्मको यात्रालाई छोटो बनाउने हुँदा स्वास्थ्यकर्मीहरूको वृहत् क्षमता अभिवृद्वी पोषण कार्यक्रममा प्राप्त ज्ञान र शीपको सहि प्रयोगका साथ पालिकाका संपूर्ण स्वास्थ्यकर्मीहरू सेवाग्राहीहरूमा पुग्न सकेमा यस्ता कार्यक्रमको सान्दर्भिकता राम्रोसँग देखिने धारणा प्रमुख अतिथि गा.पा.अध्यक्ष खिम बहादुर थापाले राख्नुभएको थियोे।
यसै बीच विशिष्ट अतिथि उपाध्यक्ष साबित्रा कोइरालाले जंङ्फुड आजको मुख्य चुनौती रहेको धारणा राख्नुहुंदै हामी संपूर्ण मिलेर यसलाई निरूत्साहित गर्नुपर्ने धारणा राख्नुभएको थियोे ।
कार्यक्रमका विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले यस्ता कार्यक्रमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्वी गर्नुका साथमा सेवाग्राहीमा सकरात्मक स्वस्थ पोषण संदेश जाने अपेक्षा गर्नुभएको थियोे ।
तालिम प्रशिक्षकको रूपमा सि.अहेबद्वय लोक बहादुर सिंजापति र बुद्धि भण्डारी हुनुहुन्छ । साथै कार्यक्रम संचालन अहेब युगराज थापाले गर्नुभएको थियोे ।
यसैबीच कार्यक्रमका अध्यक्ष वडा नं ७ का वडा अध्यक्ष मुक्ति प्रसाद भट्टराईले कार्यक्रमको सफलताको शुभकामना सहित उद्घाटन कार्यक्रम समापन गर्नुभएको थियोे ।
Discussion about this post