रुरुमा पालिका स्तरीय क्रिकेट प्रतियोगिताको सुरु

37
SHARES
311
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१२
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न१ रिडी गुल्मीमा पालिका स्तरिय खुल्ला कृकेट प्रतियोगिता २०७८ औपचारिक कार्यक्रमका साथ रुरु क्षेत्र गाउँपालिका वडा न १ का अध्यक्ष रामलाल बिकले उत्घाटन गर्नु भयो ।

कार्यक्रममा सामाजिक अभियन्ता यदु ज्ञवाली , नारायण पौडेल , नेपाली कङगेस वडा न १ गाउँ समितिका अध्यक्ष अमुल्य श्रेष्ठ ,उधोग बाणिज्य संघ रिडी साखाका अध्यक्ष सुबर्ण लाल कक्षपति , ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक सुभराज बम, कार्यक्रममा विशिष्ट अतिथी रहनु भएको थियो।

यस्तै कार्यक्रममा वितिय सस्थाका प्रमुखहरु वाइसेल गुल्मीका प्रमुख अशोक श्रेष्ठ ,पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अथिती सामाजिक अभियन्ता ज्ञवालीले समग्र युवा जगतलाई खेल जगत बाट अगाडी बढाउन आफ्नो तर्फबाट हरेक तह र तप्काबाट जुन सुकै सहयोग उपलब्ध गराउनुका साथै निर्माणधिन कवड हल र खेलमैदानको लागि सुधारका कार्यक्रमहरुगर्न प्रदेश तथा संघीय सरकारबाट बजेट ल्याउन पहल गरिरहेको बताउनुभयो।

यस्तै कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अथिती वडा अध्यक्ष बिकले युवाहरूले संचालन गरिरहेका हरेक खेलकुद कार्यक्रमहरुमा आफुले सहयोग गरिरहेको आगामी वडका बजेटमा पनि खेल कुद क्षेत्रको बजेटबाट बिनियोजन गर्ने प्रतिबद्धता जायर गर्नु भयो । सस्थाका सदस्य प्रकाश सुर्यवंशी स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष प्रयास कसजुले गर्नु भएको थियो। खेल्मा १४ समुहको सहभागीता रहेको छ भने खेल १२ गते सम्म खेल सन्चालन हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार