गुल्मीको खैरेनीमा खर काट्ने क्रममा भिरबाट लडेर एक पुरुषको मृत्यु

20
SHARES
165
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१६
गुल्मीको सत्यवति गाउँपालिका वडा ५ का ४८ बर्षका तुल्सिराम भण्डारीको बिरौटामा खर काट्ने क्रममा खरवारिबाट करिब २०० मिटर तल लडेको कारणले गम्भीर घाइते हुनु भएका भण्डारीको ज्वाङ स्वास्थ चौकिमा पुर्याउदा अस्पतालले मृत्यु घोषण गरेको वडा न ५ का वडा अध्यक्ष ओम प्रकाश भण्डारीले जानकारी दिनुभयो।

बिहानको खाना खाएर श्रीमती छोरि र आफै खर काट्न खरबारी गएका भण्डारी चिया पकाउन केही तल झर्दा लडेर तथा चक्कर आयर दुर्घटना भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

खैरेनिमा अहिले डाक्टर नभएकोले पोस्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास पठाइएको घटना सम्प्रेषणमा पुग्नु भएका ईलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनुभयो ।भण्डारी गाउँमा पण्डित पेशा अगाल्दै आउनु भएको थियो। उनका १ श्रीमती १ छोरा र १ र २छोरि रहेको उनका दाजु बाबुराम भणडारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार