पाल्पाको रिब्दीकोट गाउँपालिकामा एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न

16
SHARES
131
VIEWS

चुरामणि तिमिल्सिना
कार्तिक -१७। पाल्पाको रिब्दीकोट गाउँपालिकामा एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिकाको सभा हलमा संचालित कार्यक्रममा पालिकाका अध्यक्ष नारायण बहादुर जि.सी. ज्युको अध्यक्षतामा कार्यक्रम गरिएको हो यस्तै, उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकिय अधिकृत प्रेम चन्द्र अर्याल लगायतको आथीत्यता रहेको थियोे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागु औषध, बाल बिवाह, सामाजिक सञ्जाल, ट्राफिक सचेतना, मानव अधिकार लगायतका बिषयमा जनचेतनामुलक प्रशिक्षण गर्नु भएको थियो ।यस्तै समापन सत्रमा कार्यक्रमका अध्यक्ष जि सि ले यस्ता महत्त्वपुर्ण कार्यक्रमहरु पालिकाका प्रत्येक वडाम सहजीकरण गर्न पालिकाले सबै प्रकारको सेवा सुबिधा उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो उहाँ ले यस्ता कार्यक्रमले ग्रामीण भेगमा प्रत्यक्ष फाइदा पुग्ने भएकोले टोल टोलमा नि लैजान प्रहरीलाई आग्रह गर्नु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार