कार्तिक -१८
स्याङ्जाको मात्र नभएर देशकै सुन्दर बिद्यालयको उपमा पाएको श्री ध्रुवज्योति माविले यस पटक तिहार पर्वलाई लक्षित गरिएको बिद्यालय प्राङ्गणमा रोपिएका सयपत्री फूल बिक्रीवितरण गरेको छ। बिद्यालय परिसरमा रोपिएका आकर्षक तिहारे फूलहरुको किनेबेचका लागि माग बढेसंगै १०० किलो भन्दा फूलहरु प्रतीकिलो ३०० का दरले बिक्रीवितरण गरिएको श्री ध्रुवज्योति माविका प्र.अ. हिरा बहादुर गाहा मगरले कालीगण्डकी पोष्टलाई जानकारी दिनु भयो।
बिद्यालय प्राङ्गणलाई थप आकर्षक गराउन बिद्यालय सिजनल फूलहरु रोप्दै आएकोमा यो बेला सयपत्री फूलको सिजन भएकोले विद्यार्थीहरुद्वारा नै रोपिएका फूल आकर्षणको केन्द्रविन्दु बनेको छ भने अर्को तर्फ आम्दानीको स्रोत भएको छ। कालीगण्डकी गाउँपालिकामा बिद्यालय परिसर भित्र फूल रोपेर आम्दानी गर्ने श्री ध्रुवज्योति मावी पहिलो बिद्यालय समेत बनेको छ। पछिल्लो समयमा विशेष गरि तिहार पर्वमा प्राकृतिक फूलहरुको साटो कृत्रिम फूलहरु प्रयोग गर्ने प्रचलन बढेको देखिन्छ । कालीगण्डकी गाउँपालिकाले यो पटक व्यवसायीक रुपमा फूल खेतीनै सञ्चालन गरेको थियो। यसबाट तिहार पर्वमा लगाइने माला तथा विभिन्न धार्मिक तथा शुभ कार्यहरुमा प्राकृतिक मालाको प्रयोगमा वृद्धि आउने अपेक्षा गरिएको छ। हेरौं ध्रुवज्योति माविको प्राङ्गणमा फुलेका फूलहरु:-
Discussion about this post