कालीगण्डकी गाउँपालिकाले बेच्यो ५ लाखको फुल

30
SHARES
249
VIEWS

कालीगण्डकी: १९, कत्तिक । कालीगण्डकी गाउँपालिकाले रु पाँच लाखको फूल बेचेको छ । फूलखेतीका माध्यमबाट थानीयवासीलाई रोजगारी दिने योजनाअनुसार १९ रोपनी जमिनमा लगाएको सयपत्री फूल बेचेर गाउँपालिकाले ५ लाख आम्दानी गरेको हो ।

गाउँपालिकाले वडा नं ७ को बारीचौरमा पाँच र वडा नं ४ बिर्घा पुछारमा १४ रोपनी गरी कुल १९ रोपनी जग्गा भडामा लिएर सयपत्री फूलखेती गरेको थियो । फूल बिक्रीका लागि कुनै पनि समस्या नभएको र मागअनुसारको फूल पुर्याउन नसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्ने योजना अनुसार पहिलोपटक सुरु गरेको व्यावसायिक फूलखेती सफल भएपछि यसलाई सबै वडामा विस्तार गर्ने योजना गाउँपालिकाको रहेको छ।

गाउँपालिकाले लगाएको फूलखेतीबाट पालिकावासीसमेत उत्साहित भएका छन् ।
गाउँपालिकाले सुरु गरेको फूलखेतीबाट करिब ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने पालिकावासीलाई फूलखेतीमा लाग्ने प्रेरणा मिलेको छ । फूलखेतीमा स्थानीयवासीले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । फूल रोप्ने कार्यदेखि गोडमेल, फूल टिप्ने, माला बनाउने कामसम्म आइपुग्दा करिब ४०० जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।

सयपत्री कर्मा ५५५ जातको फूल लगाइएकामा पहिलो चरणको फूल बिक्री गरेर सकिएको छ । तिहारअघि नै तिहारका लागि साथै अन्य विभिन्न कार्यक्रम, पूजापाठ, विवाह, सजावटलगायतका कार्यका लागि बगैँचामै आएर ग्राहकले फूल लगेका छन् । सयपत्री कर्मा ५५५ जातको फूल मङ्सिरसम्म टिप्न मिल्ने हुँदा पहिलो चरणमा फक्रिएका फूल बिक्री गरेर सकिएको र अहिले पनि ती बोटमा कोपिला लागिरहेको गाउँपालिकाले जनाएको हो।
बारीचौरलाई फूलैफूलको होमस्टे बनाउने पालिकाको योजना छ भने बिर्घामा ड्रागन खेतीसँगै फूलखेतीसमेत गरिएको छ ।
यहाँ उत्पादित फूल गण्डकी, लुम्बिनी, बागमती र कर्णाली प्रदेशसम्म निर्यात गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार