परदेशीलाई पर्वःगाउँघरको रमाईलोको याद मात्र

21
SHARES
171
VIEWS

विष्णु पाण्डेय
काठमाडौं,कात्तिक २१ गते ।
तिहारको अन्तिम दिन भाइटिका । सामाजिक सञ्जालभरी तिहारको टीका लगाएर परिवारसँग रमाइलो गरिरहेका तस्बिरहरु छ्याप्छ्याप्ती । दाजुभाईको निधारमा सप्तरङगी टीका छ । गलामा मखमली र सयपत्रीका थुङ्गा जडित माला छ। माइती चेली आफ्ना दाजुभाईलाई आशिष दिईरहेका छन् । देउसी–भैलो खेलिरहेका तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।जहाँ परिवारमा मानिस हासिखुसी भएको देख्न सकिन्छ ।
तर, यहिबिच पनि यस्ता सामाजिक सञ्जालमा पोस्टहरु छन् जसले मन नै परिवर्तन गराईदिन्छ । परिवारलाई सुखी र खुसी राख्ने सपना बोकेर विदेशिएकाले सामाजिक सञ्जालमा मार्मिक शब्द लेख्दै गाउँघमा रहेका आमा ,बुबा,दिदी ,बहिनी र आफन्तलाई सम्झिरहेका छन् ।
माधब पाण्डेय फेसबुकमा लेख्नुहुन्छ ‘परदेश आउदा सबै कुरा झोलामा राखे जस्तो लागेको थियो… अफसोच दशै तिहार त नेपालमै छुटेछ ।मलाई माफ गरिदेउ बहिनी यसपाली नि तिम्रो आँखा ओभानो रहने भएन ।’स्याङ्जाका पाण्डेय हाल रोजगारीको लागि कतारमा हुनुहुन्छ । तर , विदेशमै रहेपनि उहाँको मन घरमै रहेको उहाँका यी शब्दबाट प्रस्ट थाहा हुन्छ ।
कमल बस्याल नाम गरेका व्यक्तिले पनि सामाजिक सञ्जालमा आफ्नो दिदीलाई सम्झदै ‘छैन है दिदी यो भाईले भुलेको, आगँनै भरी फूल फुलेका’े गितमा आफ्नो दिदीको तस्बीर राख्दै ‘आखा भरी आसुँ बनाएर हजुरलाइ सम्झनु भन्दा केहीछैन मसँग’ भन्दै लेख्नुभएको छ । यी शब्दले पनि दिदीबहिनीको सम्झना दिलाइदिन्छ ।
अमर बहादुर विश्वकर्मा फेसबुकमा लेख्नुहुन्छ ‘ यसपाली पनि आयो तिहार घुमेर बर्षमा ,हुदैन रैछ परदेशीको मन खुसी र हर्षमा ।सोचेको कुरा नहुने पुरा रहेछ कर्म खोटी, सधैँ जिवन बितेको छ कठिन संघर्षमा ।’ उदयपुरका विक हाल कतारमा हुनुहुन्छ । तर,उहाँको यो सृजनाबाट मन भने नेपालमै रहेको प्रष्ट हुन्छ । यी त प्रतिनिधि मात्र हुन रोजगारीका लागि परदेश पुगेका दाजुभाई र स्वदेशमा रहेका कति दिदीबहिनी आज एकअर्काको अभाव महसुस धेरै गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार