पोखरामा दुर्घटना: १४ बर्षिया बालकको ज्यान गयो

21
SHARES
173
VIEWS

पोखराको गणतन्त्र चोकमा सवारी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।

आइतबार साँझ करिब ६ बजे पोखरा बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्रचोकको जेब्रा क्रसिङमै सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा तनहूँ घर भइ हाल पोखरा-५ बस्दै आएका १४ वर्षका शुभम खनालको ज्यान गएको हो । खनाल शान्ति निकेतन स्कूलको कक्षा ९ मा अध्ययनरत थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक सुवास हमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार