नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो कति पुग्यो हेर्नुहोस्

16
SHARES
135
VIEWS

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ ।

अब पेट्रोलको मूल्य लिटरको १ सय ३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर १ सय १९ रुपैयाँ पर्ने छ ।

हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ७५ रुपैयाँ बढेको छ । यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

यो मूल्य समाजयोजनपछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार