गुल्मीमा भदौ ५ गते राती १२ बजेदेखि नाकाबाट प्रवेशमा रोक : यी काम गर्न पाइदैन्

51
SHARES
103
VIEWS

गुल्मीमा भदौ ५ गते राती १२ बजेदेखि नाकाबाट प्रवेशमा रोक : यी काम गर्न पाइदैन्:

गुल्मीमा कोरोना भाइरस संक्रमण बढदैगएको भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले भदौ ५ गते, राती १२ बजेदेखि बन्दाबन्दीलाई थप कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले कोरोना संक्रमण तिवृ रुपमा फैलिएको निष्कर्ष निकाल्दै बन्दाबन्दीलाई थप कडाई गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी शर्माले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमणले गुल्मी जिल्लाभित्र निरन्तर बढी रहेको र उच्च स्तरमा बढ्ने जोखिम रहेको देखिएको उहाले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

यी काम गर्न पाइने छैन हेर्नुहोस्:-

१. अत्यावश्यक सेवा (खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका
अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न ।
२. औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
३. अत्यावश्यक कार्यमा मास्क विना घर बाहिर निस्कन ।
४. फुटपाथ/खुल्ला ठाउँ, ठेलागाडा/साइकल, हाटबजारमा पसल/व्यापार सञ्चालन गर्न ।
५. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान,
फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा
सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न ।
६. शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल,सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न ।
७. दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न।होटल, रेष्टुरेन्ट सञ्चालन गर्न ।
८. सहकारी, वित्तीय संघ/संस्थाहरुले समुदायमा गई बचत संकलन गर्न ।
अत्यावश्यक सेवाका र मालवाहकढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न ।
९. सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने । सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने ।
१०. बैक वित्तीय संस्था/सहकारी कार्यालयहरु विहान ९: ०० बजे देखि दिउँसो १:०० बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
११. अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, म्याद नाघेका सामान विक्रि वितरण गर्ने,आपूर्तिमा अवरोध गर्नेलाई प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
उल्लेखित आदेशको उलंघन गर्ने र पालना गर्न/गराउन अवरोध गर्नेहरु उपर प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।
कोभिड-१९ को बढ्दो संक्रमण र असहज अवस्थामा आदेशको पूर्ण पालना गरी/गराई कोरोना रोकथाममा सहयोग गर्न जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार