पाचौं मंडली कपको उपाधी कालीगण्डकीलाई

49
SHARES
405
VIEWS

कार्तिक -२७-पाल्पा, ‘पाँचौं मण्डली कप–२०७८’ को उपाधी स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हात पारेको छ । मण्डली स्पोर्ट क्लवको आयोजना र पूर्वखोला गाउँपालिकाको सह–आयोजनामा भएको मण्डली कप अन्तर्गतको अन्तरपालिका स्तरिय भलिबल प्रतियोगितामा पाल्पाको निस्दी गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधी जितेको हो ।

यस संगै निस्दी गाउँपालिका मण्डली कपको द्वितिय स्थानमा सिमित भएको छ । शुक्रबार समय अभावमा रोकिएको फाईनल खेल शनिबार भएको थियो । फाईनल खेलको पहिलो सेट २५/२१ अंक सहित निस्दीले जितेको थियो । अन्तत दोस्रो सेट २५/२३, तेस्रो सेट २५/१९ र चौथो सेट २५/११ अंक सहित पछि पार्दै साविक विजेता कालीगण्डकीले जित हासिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार