कार्तिक -२७
पाल्पामा बाख्राको जूम्रा मार्ने बिषादी सेवन गर्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको निस्दी गाउँपालिका वडा नम्बर ३ मोहरिया टोल बस्ने ५० वर्षका चित्र बहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। पुलामीले कार्तिक २३ गते राती मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्नै घरमा राखेको बाख्राको जूम्रा मार्ने बिषादी सेवन गरेका थिए। बिषादी सेवन पश्चात् घाइते भएका पुलामीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिनु भयो। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post