वालिङका कृषकलाई घाँसको बीउ वितरण

26
SHARES
213
VIEWS

कार्तिक -२८
वालिङ -वालिङ नगरपालिकाका कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक कृषकहरुलाई जै घाँसको बिउ बितरण गरिएको हो ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत घाँसको बिउ बितरण गरिएको हो ।

नगर भित्रका १ सय ४८ जना कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिनुभयो ।

परियोजना अन्तर्गत कृषक तथा उद्यमीहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न बिभिन्न सहयोग गरिदै आएको अध्यक्ष गैह्रेले बताउनु भयो । उहाँले भन्नुभयो,‘परियोजनाको मुख्य कार्य नै उत्पादन र उत्पादकत्व बृद्धिमा रहेको छ ।’
वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार