सोम, मंसिर २०, २०७८
सोम, मंसिर २०, २०७८

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु – अन्य एक जना घाइते

कार्तिक -२९
स्याङ्जामा गएराती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने अन्य एकजना घाइते भएका छन् । हिजो राती करिब १०:४० बजेको समयमा आँधीखोला गाउँपालिका वडा नम्बर ५ एकारायमा ग १ त ६४४० नम्बरको ट्याक्टर अचानक सडकको बायाँ साइडको नालामा पल्टिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

दुर्घटनामा परि सोही ट्याक्टरको टायरले च्यापिएर भानु नगरपालिका वडा नम्बर -५ का ३८ वर्षीय सन्तोष गुरुङको मृत्युु भएको सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनु भयो।

जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता अधिकारीका अनुसार सोही दुर्घटनामा परि भानु नगरपालिका वडा ५ का रेशम गुरुङ घाइते भएका थिए। उनको स्याङ्जामा सामान्य उपचार पश्चात् थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार