वालिङका आलु कृषकहरुको खेतमा नै पुगेर बिज्ञद्धारा प्रशिक्षण ।

28
SHARES
232
VIEWS

वालिङ समाचारदाता
वालिङ,कार्तिक ३० गते ।
वालिङ नगरपालिकाका आलु उत्पादन गर्ने कृषकहरुलाई खेतमा नै पुगेर तालिम प्रदान गरिएको छ । समूहगत तथा व्यक्तिगत रुपमा आलु खेती गर्दै आएका कृषकहरुलाई आलु लगाउने,हुर्काउने,खन्ने र बिउ संरक्षण गर्ने तरिकाको बारेमा जानकारी गराईएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का पूर्ब बरिष्ठ बैज्ञानिक तथा आलु बिज्ञ डाक्टर भिम बहादुर खत्रीले उनीहरुलाई आल खेतीका सम्वन्धमा बिभिन्न जानकारी गराउनु भएको थियो ।
वालिङ नगर भित्रका कृषकहरुले बिभिन्न सहकारी र समूह नै बनाएर आलु खेती गर्न शुरु गरेकाछन् । कृषकहरुको मागका आधारमा खेतमा नै गएर कृषकहरुलाई आलु खेती सम्वन्धमा प्रयोगात्मक तालिम सञ्चालन गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यवशायीक तालिम खेती सम्वन्धी प्रयोगात्मक तालिम सञ्चालन गरिएको हो ।

तालिममा युएनडिपी नेपालका सञ्चार अधिकृत कोमल प्रसाद भट्टले कृषकहरुको मागका आधारमा बिज्ञबाट सहजीकरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न ५ वटा आलु उत्पादक सहकारी संस्थाका कृषक तथा व्यवशायीक रुपमा आलु खेती गर्दै आएका कृषकहरु सहित ५० जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार