गण्डकी प्रदेश प्रतिनिधिमा स्याङ्जा २ ख बाट अमृत पाण्डेय निर्वाचित

30
SHARES
253
VIEWS

काठमाडौं–नेपाल विद्यार्थी संघको नेता अमृत पाण्डेय नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि प्रदेश प्रतिनिधिमा निर्वाचित भएकाछन्।

शुक्रबार सम्पन्न निर्वाचनबाट पाण्डेय स्याङ्जा प्रदेश सभा क्षेत्र नं २(ख) बाट प्रदेश प्रतिनिधी पदमा निर्वाचित भएका हुन्।

विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रहि सक्रिय विद्यार्थी नेताको भुमिका निर्वाह गरिरहेका पाण्डेय संघको विभिन्न तहमा काम गरिसकेकाछन्।

उनी १३ औं महाधिवेशनमा साविक आलमदेवी गाबिसबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका उनी यसपालि कालीगण्डकी २ बाट क्षेत्रीय प्रतिनिधी चुनिएका थिए। लामो समय पत्रकारितामा सक्रिय रहेका उनी मिडिया उद्यमी समेत हुन्।

उनले मुलुक संघीयतामा गएसँगै पार्टी पनि संघीयताको अभ्यासमा गइसकेकोले प्रदेश स्तरमा पनि कांग्रेसको बलियो व्यवस्थापनको आवश्यकता रहेको उनको भनाइ छ।

‘पार्टी पुरानै अवस्थाबाट अगाडि बढ्न सक्दैन, हाम्रो पुराना अभ्यास, अगाडिका अग्रजको सम्मानको साथै पार्टीमा नयाँ प्रयोगको लागि पनि हाम्रो सक्रियता जरुरी भएकोले मैले उम्मेदवारी घोषणा गरको हुँ’ उनले भने, ‘मैले पार्टीको लागि कुनै न कुनै तरिकाबाट पुराएको योगदानको मूल्यांकन गर्दै पार्टीमा भूमिका निभाउन थप जिम्मेवारी पाउने छु भन्ने अपेक्षामा छु ।’

स्पष्ट वक्ता, गण्डकी क्षेत्रमा लोकप्रिय र मिलनसार पाण्डेय कांग्रेसको केन्द्रीय राजनीतिमा पनि उत्तिकै प्रभाव जमाउन सक्षम छन्।

प्रदेश प्रतिनिधिमा निर्वाचित भए पश्चात आफू पार्टीको गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिने योजनामा रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार