बेसीसहर नगरपालिकाले १२ वटा सडक कालोपत्रे गर्ने

20
SHARES
169
VIEWS

लमजुङ, १० मंसिर

बेसीसहर नगरपालिकाले चालू आर्थिक वर्षमा १२ वटा सडक कालोपत्रे गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले चालू आर्थिक वर्षमा लागत साझेदारीमा उक्त सडक कालोपत्रे तथा ढलान गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ६० प्रतिशत र स्थानियको ४० प्रतिशत लागत साझेदारी हुने गरी कालोपत्रे र ढलान गर्ने निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । साझेदारीमा काम गर्दा गुणस्तरीय र प्रभावकारी काम हुने भएकाले लागत साझेदारीमा काम गर्दै आएको उनले बताए ।

बेसीसहर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि करिब ४० वटा शाखा सडक कालोपत्रे भएको अर्यालले बताए । गत आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले १ दशमलव ९५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

नगरपालिकाले भौतिक पूर्वाधारतर्फ यतिका सडक कालोपत्रे गरेको जनाएको छ । नगरपालिकाले लागत साझेदारीमा बेसीसहरका शाखा सडकहरू धमाधम कालोपत्रे गर्दै आएको छ । बेसीसहरमा रहेका सबै शाखा सडक कालोपत्रे भइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा १२ किलोमिटर सडक सोलिङ तथा ग्राभेल गरेको छ । १३ दशमलव ७ किलोमिटर सडकको नयाँ ट्रयाक ओपन गरिएको छ । ६६ किलोमिटर सडक मर्मत सम्भार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार