भारतीय बजार जान परिचयपत्र अनिवार्य, पुलमै लाइन लगाएर परिचयपत्र माग

23
SHARES
194
VIEWS

दार्चुला, ११ मंसिर
भारतीय बजार धार्चुला जान नेपालीले परिचपत्र अनिवार्य देखाउनुपर्ने भएकाे छ । नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचनाबोर्ड नै टाँसेकाे छ ।

हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।

राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ । पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ ।

भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको थियाे । भारतको बाटो भएर हिँडने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ ।

अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्नसक्ने भन्दै भारतीय सुरक्षा निकाय सशंकित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ ।

सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए । आवतजावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसँग कुराकानी गरिएको उनकाे भनाइ छ ।

भारतीय एसएसबीले दशैँतिहारमा पनि भारतीय क्षेत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार