आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने

21
SHARES
179
VIEWS

काठमाडौं, ११ मंसिर

सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेकाे छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनकाे उद्घाटन नै गरिसकेकाे र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेकाे हाे ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलाे पटक राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिकाे पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

पालिका सम्मेलनकाे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ ।

माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयाेजना गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार