राजन भट्टराई (भदौ -२६)बिस्तारै बर्खा हटेसगै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरि चापाकोट नगरपालिकाको विभिन्न वडाको टोल टोलमा पुग्नु भएको छ ।आज चापाकोट नगरपालिकाको वडा नम्बर ८ ,को माडी ,दामाचौर ,वडा नम्बर ५ को बिसटारी ,हिलामर्याङ ,मकैडाडामा पुगि त्यस ठाँउ का जनता हरु लाई प्रत्यक्ष भेट्नुका साथै युबा हरु लाई खेलको बिकास गर्न का लागि भलिबल र जाली बितरण गर्नु भएको छ । भेटका क्रममा उहाँले आफू केही समय बिरामी भएको कारण जनता सग भेट हुन नपाएको हुदा अहिले आफु बिस्तारै स्वस्थ्य हुँदै गएकोले अब १० वटै वडाको टोल टोलमा पुगि त्यहाँको समस्या हरु को समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विभिन्न ठाउँ-गाउँका युवा हरु सित नै भेटेर चाहाना अनुसार र हरेक दुख मा साथ दिने वचन दिनु भएको छ।



Discussion about this post