एमाले महाधिवेशनकाे बन्दसत्र आजबाट

14
SHARES
117
VIEWS

काठमाडौं, ११ मंसिर

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज शनिबारबाट सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र आज सौराहामा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ ।
एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन् ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

सचिवालयको आकार बढाएर १९ सदस्यीय बनाइएको छ । अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष महासचिव एक/एक जना हुनेछन् भने उपाध्यक्ष ६ जना रहनेछन् ।

उपमहासचिव र सचिवको संख्या क्रमशः ३ र ७ कायम गरिएको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार