जनकपुरधाम, १३ मंसिर
सरसफाइ नै बन्द गरेर आन्दोलनमा उत्रिएका जनकपुरधाम उपमहानगरपालिका सफाइ कर्मचारी आजदेखि काममा फर्किने भएका छन् ।
सरसफाइका विषयलाई लिएर सफाइ कर्मचारी र केही वडाध्यक्षबीच विवाद हुँदा सफाइ कर्मचारीले काम नै छाडेका थिए भने वडाध्यक्षले मेयर लालकिशार साहकाे कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
मेयर साहसहित वडाध्यक्ष र कर्मचारीबीचकाे छलफलपछि ताला खुलेसँगै कर्मचारी काममा फर्केका हुन् ।
केही वडाअध्यक्षले दुर्व्यवहार गरेको भन्दै नेपाल नगरपालिका कर्मचारी एसाेसिएसन जनकपुरधाम आन्दोलित भएकाे थियाे ।
‘हाम्रो आन्दोलन जारी छ । तर रामजानकी बिवाहोत्सवमा देशविदेशबाट पाहुना आउने गरेकाले काममा फर्केका हाैँ,’ कर्मचारी एसाेसिएसनका अध्यक्ष शरद लाभले भने ।




















Discussion about this post