अध्यक्षमा उम्मेदवारी दिएका रावलकाे प्रतिक्रिया : मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

16
SHARES
130
VIEWS

सौराहा, १३ मंसिर
नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् ।

रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् ।

‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन । त्यसैले उम्मेदवारी दर्ता गरे,’ उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हुँ ।’

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाइँ, समर्थकमा दुधकला विष्ट रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार